Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्


काठमाडौँ। सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।

विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिव ३ सय सामुदायिक रेडियोहरुले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए । सामुदायिक रेडियोहरुले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गरे । उनले राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरु बढी हुने गरेको बताए ।

उनले भने, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु ग¥यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ति सामुदायिक रेडियोहरुले बजाउँछन् कसको समाचार ? राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’

सञ्चारमाध्यमहरु अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?