Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

जनवरीमा स्पेनको प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा अमेरिकाले अल्जेरियालाई उछिन्यो


स्पेन। एक अग्रणी प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले संयुक्त राज्य अमेरिकाले गत महिना स्पेनमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ताको रूपमा अल्जेरियालाई उछिनेको छ । जनवरी २०२५ मा स्पेनले अमेरिकाबाट १० हजार ४५४ गिगावाट घण्टा तरल प्राकृतिक ग्यास आयात गरेको छ ।

स्पेनलाई आफ्नो प्राकृतिक ग्यास आयातको २९.३ प्रतिशत आपूर्ति गर्दै अमेरिका नोभेम्बर २०२३ पछि पहिलो पटक स्पेनको प्राकृतिक ग्यासको मुख्य प्रदायक बनेको छ । युक्रेनमा द्वन्द्व शुरु भएपछि स्पेनले रूसी ग्यासको आयात घटाउने प्रयास गर्दा अमेरिकाबाट ग्यासको आयात तिब्र गतिमा बढेको छ ।

यद्यपि एनागासले रिपोर्ट गरेको छ कि २०२३ मा स्पेनमा रूसी निर्यात ७२ हजार ६९० पुगेको छ । जुन २०२२ को तुलनामा ३५ प्रतिशतले बढी हो । रुसले जनवरीमा ६ हजार ४६४ जिडब्ल्युएच बराबरको ग्यास आपूर्ति गरेको छ । जुन स्पेनको कुल ग्यास आयातको १८.१ प्रतिशत हो । नाइजेरिया चौथो ठूलो आपूर्तिकर्ताको रूपमा स्थानमा छ ।
सिन्ह्वाको सहयोगमा ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?