Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जनवरीमा स्पेनको प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा अमेरिकाले अल्जेरियालाई उछिन्यो


स्पेन। एक अग्रणी प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले संयुक्त राज्य अमेरिकाले गत महिना स्पेनमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ताको रूपमा अल्जेरियालाई उछिनेको छ । जनवरी २०२५ मा स्पेनले अमेरिकाबाट १० हजार ४५४ गिगावाट घण्टा तरल प्राकृतिक ग्यास आयात गरेको छ ।

स्पेनलाई आफ्नो प्राकृतिक ग्यास आयातको २९.३ प्रतिशत आपूर्ति गर्दै अमेरिका नोभेम्बर २०२३ पछि पहिलो पटक स्पेनको प्राकृतिक ग्यासको मुख्य प्रदायक बनेको छ । युक्रेनमा द्वन्द्व शुरु भएपछि स्पेनले रूसी ग्यासको आयात घटाउने प्रयास गर्दा अमेरिकाबाट ग्यासको आयात तिब्र गतिमा बढेको छ ।

यद्यपि एनागासले रिपोर्ट गरेको छ कि २०२३ मा स्पेनमा रूसी निर्यात ७२ हजार ६९० पुगेको छ । जुन २०२२ को तुलनामा ३५ प्रतिशतले बढी हो । रुसले जनवरीमा ६ हजार ४६४ जिडब्ल्युएच बराबरको ग्यास आपूर्ति गरेको छ । जुन स्पेनको कुल ग्यास आयातको १८.१ प्रतिशत हो । नाइजेरिया चौथो ठूलो आपूर्तिकर्ताको रूपमा स्थानमा छ ।
सिन्ह्वाको सहयोगमा ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?