Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न मन्त्री अधिकारीको चेतावनी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री बलराम अधिकारीले अध्यादेशको बारेमा अध्ययन गरेर मात्रै बोल्न चेतावनी दिएका छन् ।बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भूमि सम्बन्धी अहिले विधिन्न भ्रम फैल्याइएको र बुझ्दै नबुझि, हेर्दै नहेरी अध्यादेशलाई खण्डन गर्ने काम भएको भन्दै आपत्ति जनाएका छन् । उनले पहिला अध्यादेशमा के छ भन्नेकुरा पढ्न र बाहिर बोल्न नेता र कानूनविद्हरुलाई आग्रह गर्दै अध्यादेशको बारेमा बहस गर्न पनि आफू तयार रहेको बताए ।

मन्त्री अधिकारीले सहकारीप्रति गलत भाष्य सिर्जना गरिएको बताउदै सहकारीले राज्यका समस्या हल गर्ने र जनताको जीविकोपार्जनको सुनिश्चितता गर्दछ र आर्थिक समृद्धितर्फ जान र रोजीरोटी बिस्तार गर्न सहकारीले काम गरेको छ भनेर प्रचार गर्न जरुरी रहेको बताउदै अध्यादेशहरु संसदबाट पारित हुने पनि दाबी गरेका छन्। ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?