Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

जसपाका केन्द्रीय सदस्यसहित सयाैँ कांग्रेसमा प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्‍न पार्टीका १०० जना नेता-कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्‍न पार्टीका नेता-कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले खादा लगाउँदै उनीहरुलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्‍न सुझाव दिएका छन् । सभापति देउवाले भने, ‘पार्टीमा नयाँ-पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्यांकन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईंहरु सबैजना सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्‍न अनुरोध छ ।’

रामेछापका जिल्ला सभापतिसमेत रहेका उर्जा, जलश्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्‍न जिल्ला नेता-कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन समन्वय गरेका हुन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्‍न आग्रह गरे ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो । कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत १०० जना नेता-कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
Keshab


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?