Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम


काभ्रे । काभ्रेको पाँच तहमा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम यहाँको पाँच स्थानीय पालिकामा ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम कार्यान्वयन गरिएका छन् ।बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विकास निर्देशनालयद्वारा सञ्चालित कार्यक्रम अनुसार चालु आर्थिक बर्षबाट पाँच बर्षका लागि काभ्रेपलाञ्चोकको पाँच तहको पाँच वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय धुलिखेलका अनुसार पनौती नगरपालिका–५, बेथानचोक गाउँपालिकाको २, महाभारतको ५, खानीखोलाको २ तथा भुम्लु गाउँपालिकाको एक नं वडामा उक्त कार्यक्रम कार्यान्वयन गरिएको हो ।

कार्यक्रम अनुसार पाँच वटा वडामा छ सय रोपनी जमिनमा तरकारी, कफी तथा किवी उत्पादनको काम गरिनेछ । कृषि विकास कार्यालय, स्थानीय तह तथा लाभग्राही समुदाय एवं सहकारीबीच त्रीपक्षीय सम्झौता गरेर कार्यक्रमको थालनी सुरु गरिएको हो । पनौती र बेथानचोकमा तरकारी, महाभारत र खानीखोलामा कफी तथा भुम्लुमा किवी उत्पादनका लागि छनौट भएको छ ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?