काठमाडौँ । आज संघीय संसद्अन्तर्गतका ८ वटा संसदीय समितिको बैठक बस्दैछ । समितिको आज प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई समितिका बैठक बस्न लागेको हो ।
आज साढे ११ बजे नै बस्ने बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । यस्तै , मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची रहेको छ।
त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसपछि साढे १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकको पनि ११ बजे नै बस्दैछ । त्यस्तै बिहान ११ बजे नै पनि कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने कार्यसुची रहेको छ ।
प्रकाशित मिति: ३० माघ २०८१, बुधबार