Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आफ्नै पार्टीको सरकार हुँदा माओवादी उपाध्यक्ष महराले भने- देश अदृष्य शक्तिले चलाएको छ


१८ चैत्र, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको टिप्पणी गरेका छन् । उनले शनिबार प्रेस सेन्टर नवलपुरको साधारण सभाको उद्घाटन कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।

अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहँदै सरकारको नेतृत्व गरिरहेका छन् । उनले शुक्रबार मात्रै मन्त्रिमण्डल बिस्तार गरेका थिए ।

उक्त कार्यक्रममा उनले भने, ‘अहिले हाम्रै पार्टीका अध्यक्ष कम्रेड प्रधानमन्त्री हुनुहुन्छ, तर देश अरुले नै चलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीनैजना नेताहरु देश नेपालकै राजनीतिक दलले चलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर त्यसो हुन सकिरहेको छैन ।’

उनले अहिले बन्दुक नभइ बन्दुक जत्तिकै शक्तिशाली अर्को हतियार ‘कलम’ उठाउनु पर्ने समय भएको बताए ।

 


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?