Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

खावादेखि धुलिखेलसम्मको बाटो बनेन, भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा


काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो लामो समयदेखि नबनेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यो बीचमा चार वटा प्रधानमन्त्री फेरिएको, मन्त्रीहरु फेरिएको तर चार किलोमिटर बाटो नबनेको उनले बताए । अब पनि त्यो सडक नबने त्यहाँका जनताले नेताहरुलाई ढुङ्गा हान्ने स्थिति बनेको उनले बताए ।

‘चार वटा प्रधानमन्त्री फेरियो । चारैवटा मन्त्री, सचिव कतिवटा हो मलाई थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु । यही कुरा भन्दिनु भनेका छन् त्यहाँका जनताले । नभए ढुङ्गा खानेस्थिति बन्यो अब,’– उनले भने ।अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । उनी नेकपा (एमाले) का नेता हुन् ।


प्रकाशित मिति: २९ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?