Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रधानमन्त्री र सभापतिले १९ वटा मन्त्रालयमध्ये छान्न दिनुभएको थियो : रक्षामन्त्री खड्का


१८ चैत्र, काठमाडाैँ । नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट छान्न दिएको बताएका छन् ।

उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पत्रकारहरूसँगै बोल्दै खड्काले भने, ‘प्रधानमन्त्री र सभापति जीले मलाई गृह र अर्थको टुंगो लागेपछि, अब १९ वटा मन्त्रालय बाँकी छन्, पूर्णजी तपाईं त्यसमध्ये कुन छान्ने हो सोचेर जवाफ दिनुस् भनेर १९ वटा मन्त्रालयको छनोटको सौभाग्य पाएको छु। त्यो भन्दा ठूलो कुरा के हुन्छ।’

उनले यसपछि आफूले मन्त्रालयको अध्ययन गरेको बताएका छन्।

यस सम्बन्धमा उनले भने, ‘ती मन्त्रालयहरू अध्ययन गरेँ। मुलुकको सन्दर्भमा, सुरक्षाको सन्दर्भमा, अहिले नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा, मैले मुलुकको सुरक्षा, राष्‍ट्र नीतिको निर्माण, कार्यनीत-रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको मन्त्रालय र समग्र रूपमा सबैभन्दा जिम्मेवार सबैभन्दा ठूलो, सबैभन्दा विशाल मन्त्रालय मैले रक्षा मन्त्रालय देखेँ र त्यसपछि मैले नेताहरूलाई गएर भनेँ ।’


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?