Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री र सभापतिले १९ वटा मन्त्रालयमध्ये छान्न दिनुभएको थियो : रक्षामन्त्री खड्का


१८ चैत्र, काठमाडाैँ । नवनियुक्त उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट छान्न दिएको बताएका छन् ।

उनले शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

पत्रकारहरूसँगै बोल्दै खड्काले भने, ‘प्रधानमन्त्री र सभापति जीले मलाई गृह र अर्थको टुंगो लागेपछि, अब १९ वटा मन्त्रालय बाँकी छन्, पूर्णजी तपाईं त्यसमध्ये कुन छान्ने हो सोचेर जवाफ दिनुस् भनेर १९ वटा मन्त्रालयको छनोटको सौभाग्य पाएको छु। त्यो भन्दा ठूलो कुरा के हुन्छ।’

उनले यसपछि आफूले मन्त्रालयको अध्ययन गरेको बताएका छन्।

यस सम्बन्धमा उनले भने, ‘ती मन्त्रालयहरू अध्ययन गरेँ। मुलुकको सन्दर्भमा, सुरक्षाको सन्दर्भमा, अहिले नेपालको सामरिक भूमिको महत्व बढ्दै गएको सन्दर्भमा, मैले मुलुकको सुरक्षा, राष्‍ट्र नीतिको निर्माण, कार्यनीत-रणनीतिको निर्माण र नेपालको रक्षाको जिम्मा लिएको नेपाली सेनासँग जोडिएको मन्त्रालय र समग्र रूपमा सबैभन्दा जिम्मेवार सबैभन्दा ठूलो, सबैभन्दा विशाल मन्त्रालय मैले रक्षा मन्त्रालय देखेँ र त्यसपछि मैले नेताहरूलाई गएर भनेँ ।’


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?