Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

किन मधेशको मुख्यमन्त्री फेर्न चाहन्छन सिके राउत?


काठमाडाैं । नेकपा (एमाले) का नेता महेश बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको बताएका छन् । मधेशमा जनमत पार्टीको नेतृत्वमा प्रदेश सरकार रहेको छ । सतिश कुमार सिंह जनमतको तर्फबाट अहिले मुख्यमन्त्री छन् । सतिशको भूमिका विवादास्पद देखिएको कारण राउतले उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहेको नेता बस्नेतले बताए ।

सतिसले विभिन्न विद्रोही शक्तिहरुसँग मिलेर संविधान संशोधनको विरुद्धमा अभियान चलाउने भूमिका खेलेको, जनमत छाडेर महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीतिर जाने खोजेको कारण सिके राउतले उनलाई हटाउन खोजेको नेता बस्नेतको दाबी छ ।

‘अहिलेका मुख्यमन्त्री चाहीँ त्यति सफल हुनुभएन भन्ने कुरा आइरहेको छ । अहिलेका मुख्यमन्त्रीले मधेशका विभिन्न विद्रोही शक्तिहरुलाई समेटेर संविधान संशोधनविरुद्ध अभियान चलाउने भूमिका खेल्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ । उहाँले सिके राउतको पार्टी छाडेर महन्थ ठाकुरको पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ ।

धेरै कुरा आएको, उहाँको छवि विवादित भइरहेको र सिके राउतले पनि उहाँलाई फेर्न चाहिरहेको बेलामा दलहरुको बीचमा समझदारी बनाएर फेर्न कुरा हो,’– उनले भने ।
मधेशमा अहिलेको आवश्यकताअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्नसक्ने उनको संकेत छ ।


प्रकाशित मिति: २७ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?