काठमाडौं । सेवा अवधि बाँकी छँदै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । आगामी ५ चैतसम्म सेवा रहेका उनले त्यसको करिब ४० दिन अगावै राजीनामापत्र बुझाएका हुन् ।
एआईजी केसीले राजीनामापत्र बुझाएको प्रहरी हेडक्वार्टर स्रोतले पुष्टि गरेको छ । उनको राजीनामापत्र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ । र, मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी अवकाशमा जानेछन् ।
प्रकाशित मिति: २७ माघ २०८१, आईतवार