चितवन । चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाउने आदेश गरेकाे छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले उनलाई हिरासत पठाउने आदेश गरेकाे हाे ।
मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको थियो । मंगलबार चितवन जिल्ला अदालतमा चितवन साहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको थियो । उनकाे बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार