Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी


१८ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छाैँ”, उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए ।

यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “करिब रु एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ”, उनले भने, “तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौ ।”

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तायरी भइरहेको बताए । “सङ्घीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।”

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । “धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, स्थानीय गोपाल जोशीले भने, “हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ ।” उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?