Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रवि लामिछानेको थुनछेक सुनुवाई न्यायाधीश दयाराम ढकालको इजलासमा


चितवन। सहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका रवि लामिछानेको थुनछेक सुनुवाई जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ।मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। अदालतमा उनको बयान सुरु भएको छ । बयानपछि दुवै पक्षको बहस र थुनछेक आदेश हुनेछ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको थियो । मंगलबार चितवन जिल्ला अदालतमा चितवन साहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतका अनुसार रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।


प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?