चितवन। सहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका रवि लामिछानेको थुनछेक सुनुवाई जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ।मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। अदालतमा उनको बयान सुरु भएको छ । बयानपछि दुवै पक्षको बहस र थुनछेक आदेश हुनेछ।
सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको थियो । मंगलबार चितवन जिल्ला अदालतमा चितवन साहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको थियो ।
जिल्ला अदालतका अनुसार रविको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार