Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

संघीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेश सभा


गण्डकी । गण्डकी प्रदेश मंगलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको छ । बि.स. २०७४ माघ २२ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

त्यसयता प्रदेश सभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्यकालको पनि दुई वर्ष बितिसकेको छ । यस अवधिमा प्रदेश सभा संघीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृढ र संस्थागत गर्नेतर्फ प्रदेश सभाको सक्रियता रह्यो ।

प्रदेश सभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भयो भने दोस्रो कार्यकाल सुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुई वटा अध्यादेश स्वीकृत भएका छन् ।

‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन् ।

यसैगरी, ‘औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेस भएको छ । गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदै छन् ।

विसं २०७९ मङ्सिर ४ गते प्रदेश सभाको निर्वाचन भई प्रदेश सभाको दोस्रो कार्यकाल बि.स. २०७९ पुस १८ गते सुरु भएको थियो । उक्त अवधिमा केही संकल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए ।

प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभालाई जिम्मेवार बनाइ संघीयता अनुभूत हुनेगरी काम गर्न प्रदेश सभा प्रयत्नशील रहेको बताउँछन् । उनले संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिन्छन् । नागरिकका भावनाअनुसार प्रदेशसभाले कानुन निर्माणलगायत संविधानले निर्देश गरेका काम गरिरहेको उनी बताउँछन् ।

प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ । अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव संकलन हुने गरेको छ । प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरूले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन ।

प्रदेशस भामा नेपाली काँग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्य हुन् ।


प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?