Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

संघीयता अनुभूत हुनेगरी काम गर्दै गण्डकी प्रदेश सभा


गण्डकी । गण्डकी प्रदेश मंगलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको छ । बि.स. २०७४ माघ २२ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो ।

त्यसयता प्रदेश सभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्यकालको पनि दुई वर्ष बितिसकेको छ । यस अवधिमा प्रदेश सभा संघीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृढ र संस्थागत गर्नेतर्फ प्रदेश सभाको सक्रियता रह्यो ।

प्रदेश सभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भयो भने दोस्रो कार्यकाल सुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुई वटा अध्यादेश स्वीकृत भएका छन् ।

‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन् ।

यसैगरी, ‘औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेस भएको छ । गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदै छन् ।

विसं २०७९ मङ्सिर ४ गते प्रदेश सभाको निर्वाचन भई प्रदेश सभाको दोस्रो कार्यकाल बि.स. २०७९ पुस १८ गते सुरु भएको थियो । उक्त अवधिमा केही संकल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए ।

प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभालाई जिम्मेवार बनाइ संघीयता अनुभूत हुनेगरी काम गर्न प्रदेश सभा प्रयत्नशील रहेको बताउँछन् । उनले संघीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिन्छन् । नागरिकका भावनाअनुसार प्रदेशसभाले कानुन निर्माणलगायत संविधानले निर्देश गरेका काम गरिरहेको उनी बताउँछन् ।

प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ । अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव संकलन हुने गरेको छ । प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरूले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन ।

प्रदेशस भामा नेपाली काँग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्य हुन् ।


प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?