काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउन गृहकार्य गरेका छन् । सरकारले ल्याएका अध्यादेश पारित गर्ने समय नजिकिएसँगै प्रधानमन्त्री ओलीको ध्यान उपेन्द्रतिर परेको छ । यादव नेतृत्वको दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको छ । तर, सरकारमा सहकार्य छैन् ।
विपक्षी दलहरुको बैठकमा समेत उनको खोजी हुने गरेको छ । तर, यादव सुविचारित ढंगले विपक्षी मोर्चामा सामेल नभएको बुझिन्छ । अध्यादेश पारित गर्नको लागि यादवको पनि भूमिका निर्णायक रहेको बुझिन्छ । प्रतिनिधि सभाको माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै ती ६ वटा अध्यादेश पेश भएका छन् ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार