चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार चितवन जिल्ला अदालतमा चितवन साहारा सहकारी ठगीमा उनीहरु विरुद्ध मुद्दा दायर भएको हो ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार