Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रचण्डको प्रश्न : ओलीजस्तो जाली-फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?


काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व गर्दा देशको लागि राम्रो रेकर्ड बनाएको स्पष्ट पारेका छन् । आज (मंगलबार) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीद्वारा बेनीमा आयोजित खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई सधैं पछि पार्ने भ्रष्टाचार रहेको बताए ।

भ्रष्टाचारमा नेता र कर्मचारी पनि मुछिने गरेको उनको टिप्पणी थियो । उनले दलाल र विचौलियाहरुले जनताको रगत नराम्रोसँग चुसेको कुरा आफूले तेस्रो पटक प्रधानमन्त्री हुँदा नजिकबाट थाहा पाएको सुनाए । आफूले भूमाफियाहरुको विरुद्धपनि लडाईं छेडेको दाहालको दाबी थियो । देशमा विद्यमान आर्थिक संकटको समाधानको लागि भ्रष्टाचारको विरुद्ध लड्नुपर्ने आवश्यकत्ता औंल्याएर आफूले कदम चालेको पनि उनको भनाई छ ।

उनले आफ्नो चीन भ्रमणको क्रममा ८ वटा पराम्परागत नाका खोल्ने सहमति भएको स्मरण गराए । उनले आफूले भारतसँगमात्रै नभएर चीनसँगपनि विद्युत व्यापार गर्नुपर्छ भने त्रिदेशीय प्रसारण लाईनको सम्झौता गरेको दाबी गरे । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दा भ्रष्टाचारी र विचौलियालाई सह्य नभएको उनको आरोप थियो ।


प्रकाशित मिति: २२ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?