काठमाडाैं । एक कार्यक्रममा, ९ कक्षामा अध्ययनरत विद्यार्थीले प्रधानमन्त्री केपी ओलीलाई अप्रत्याशित रूपमा “ए प्लस बी को होल स्क्वायरको फर्मुला के हो?” भनेर प्रश्न गरे।ओलीले केही छिन सम्झिएर उत्तर दिए, “ए स्क्वायर प्लस टु ए बी प्लस बी स्क्वायर हो? यस्तै लाग्छ, तर धेरै पुरानो कुरा भएकाले सम्झिन गाह्रो!” विद्यार्थीले सही उत्तर भनेर पुष्टि गरेपछि ताली बजाए।
प्रधानमन्त्री ओलीले फर्मुलाको अर्थलाई जीवनसँग जोड्दै भने,”सबै फर्मुला मानिसहरूले नै बनाएका हुन्। जिन्दगीलाई सहज बनाउने भनेकै सही सूत्रबाट जानु हो। जब सूत्र जानिन्छ, एउटै साँचोले धेरै ताला खोलेजस्तै, जीवनका समस्याहरू पनि सहजै समाधान गर्न सकिन्छ।”
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार