Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

योगेशलाई माधवको काउन्टर: ओलीको दास भएर बस्नुपर्छ भन्नेलाई अध्यादेशको विरोध गर्दा पोलेछ !


काठमाडाैं । अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको भन्दै टिप्पणी गरेका नेकपा एमालेका सचिव योगेश भट्टराईलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जवाफ फर्काएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको एकीकृत समाजवादीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताएका थिए ।

योगेशको सो अभिव्यक्ति एकीकृत समाजवादी लक्षित थियो । एमालेबाट विभाजन भएर एस गठन भएको हो । उनले सो अभिव्यक्ति दिएपछि संसद्मा नै रहेका पूर्व प्रधानमन्त्ती नेपालले कुनैपनि प्रतिक्रिया दिएका थिएनन् । तर,आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै योगेशको नाम नलिई ओलीको दाश भएर बस्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भन्दै कटाक्ष गरेका हुन् ।

‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भनेका थिए ।

शुक्रबार बसेको संसद् बैठकमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीत गर्दै उनले भनेका थिए ‘जुन अध्यादेशबाट जन्मिएको पार्टी हो, त्यो पार्टी अध्यादेश गलत हो भन्दै छ । यो चाहिँ बडा गजब, अचम्म लाग्दो छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश ठीक छैन भनिरहेको छ । यो के हुन लागिरहेको नेपालमा ? अचम्मै भइराखेको छ,’ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा अध्यादेश ल्याएर एमाले विभाजन गरि नेपालले नयाँ पार्टी गठन गरेका थिइ । सिंगो एमालेको पालामा माधव नेपाल गुटमा नै रहेका योगेश पार्टी फुटको बेलामा भने दश बुँदे सहमति गर्दै मूलघरमा नै बसेका थिए ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?