Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

‘अमलाकाण्ड’ का नाममा यौन अपराधकाे मजाक !


झापा । शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन्। बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधखोज सुरु हुन्छ। त्यसक्रममा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन्। उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेका थिए। युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको दृश्य देखेको बताएका छन्।

तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन्। उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा उनको नभएको बताएका छन्। बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन। यस्तो गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा अमला काण्ड भनेर मजाकको रुपमा हेरिएको छ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?