Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

‘अमलाकाण्ड’ का नाममा यौन अपराधकाे मजाक !


झापा । शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन्। बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधखोज सुरु हुन्छ। त्यसक्रममा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन्। उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेका थिए। युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको दृश्य देखेको बताएका छन्।

तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन्। उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा उनको नभएको बताएका छन्। बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन। यस्तो गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा अमला काण्ड भनेर मजाकको रुपमा हेरिएको छ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?