Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रीपञ्चमीको अवसरमा शुभकामना


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छिन् । श्रीपञ्चमीअर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ । बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो”, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छिन् ।


प्रकाशित मिति: २१ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?