Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ: महामन्त्री शर्मा


चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।

काँग्रेस चितवनले भरतपुरमा आयोजना गरेको ‘नेपाली काँग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताए ।

“अहिले आम मानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ । काँग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो”, महामन्त्री शर्माले भने । उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्धि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।

केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न काँग्रेसले संगठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए । उनले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गरे ।

पार्टीका चितवन सभापति राजेश्वर खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वव उमा रेग्मी, टेकप्रसाद गुरुङ, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, काँग्रेस काठमाडौँका सभापति सुबजकृष्ण बानियाँ, काँग्रेस चितवनका पूर्वसभापतिहरू जितनारायण श्रेष्ठ, विकास कोइरालालगायतले सम्बोधन गरेका थिए ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?