Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बालकृष्ण खाँण भन्छन-‘कांग्रेस असफल भए देश नै असफल हुन्छ !’


काठमाडाैं । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको एक सय दिने विशेष राष्ट्रिय अभियान समापन भएको छ । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको सभापतित्व तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

एक सय दिने विशेष राष्टिय अभियान समापन कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पूर्व गृहमन्त्री खाँणले कांग्रेसको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताए । उनले नेपाली कांग्रेस जीवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक मान्नुपर्ने पनि बताए ।

भविष्य नहुनेहरुको बारेमा टिकाटिपप्णी नहुने खाँणको भनाइ छ । उनले नेपाली कांग्रेस पार्टीको विकल्पमा अरु पार्टी नभएको बताउदै कांग्रेस असफल भए देश असफल र संबिधान नै असफल हुने दाबी गरे । ‘कांग्रेस असफल भए लोकतन्त्र असफल हुन्छ । लोकतान्त्रिक मुल्य पद्धती असफल हुने भएकोले संसार भरी छरिएका आम नेपालीहरुको सफलता र प्रजातन्त्र तथा राष्टियताको सम्वर्धन र सुदृकरणका लागि पनि नेपाली कांग्रेसलाई सफल बनाउनु पर्छ,’– उनले भने ।


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?