Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

बालकृष्ण खाँण भन्छन-‘कांग्रेस असफल भए देश नै असफल हुन्छ !’


काठमाडाैं । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको एक सय दिने विशेष राष्ट्रिय अभियान समापन भएको छ । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको सभापतित्व तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

एक सय दिने विशेष राष्टिय अभियान समापन कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पूर्व गृहमन्त्री खाँणले कांग्रेसको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताए । उनले नेपाली कांग्रेस जीवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक मान्नुपर्ने पनि बताए ।

भविष्य नहुनेहरुको बारेमा टिकाटिपप्णी नहुने खाँणको भनाइ छ । उनले नेपाली कांग्रेस पार्टीको विकल्पमा अरु पार्टी नभएको बताउदै कांग्रेस असफल भए देश असफल र संबिधान नै असफल हुने दाबी गरे । ‘कांग्रेस असफल भए लोकतन्त्र असफल हुन्छ । लोकतान्त्रिक मुल्य पद्धती असफल हुने भएकोले संसार भरी छरिएका आम नेपालीहरुको सफलता र प्रजातन्त्र तथा राष्टियताको सम्वर्धन र सुदृकरणका लागि पनि नेपाली कांग्रेसलाई सफल बनाउनु पर्छ,’– उनले भने ।


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?