Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

अछाम दुई किशोरीको मृत्यु प्रकरण :यौन प्रस्ताव अस्वीकार गर्दा हत्या


धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका किशोरी फूपुभदैनी नाता रहेको र दुवै किशोरीको ढकारी गाउँपालिका ३ का १५ र १७ वर्षका दुईजना किशोरले ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन । प्रहरीले उनीहरुको परिवर्तित नाम (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ ।

प्रहरीका अनिसार मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका थिए । उहीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ ।मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको र परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी माग्दै सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्दा सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरेकी थिइन् ।

पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?