Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

अछाम दुई किशोरीको मृत्यु प्रकरण :यौन प्रस्ताव अस्वीकार गर्दा हत्या


धनगढी । अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या हत्या भएको खुलेको छ ।

यही माघ ११ गते शुक्रबार गोठालो गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का बेपत्ता भएर भोलिपल्ट छिन्ने जंगलमा मृत भेटिएका किशोरी फूपुभदैनी नाता रहेको र दुवै किशोरीको ढकारी गाउँपालिका ३ का १५ र १७ वर्षका दुईजना किशोरले ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।

उनीहरुलाई आज पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्नहरूको उमेरका कारण नाम सार्वजनिक गरिएको छैन । प्रहरीले उनीहरुको परिवर्तित नाम (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ ।

प्रहरीका अनिसार मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु किशोरीहरुको फोन सम्पर्क मार्फत जङ्गल पुगेका थिए । उहीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ ।मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको र परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी माग्दै सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्दा सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरेकी थिइन् ।

पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?