Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ?


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? तपाईंको पार्टीको मान्छेले ? मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन, बदमासी गर्नुभएको छैन भनेर वकालत गर्दिनँ । त्यो न्याय निरुपणको विषय छ । कानून त बराबर लाग्नुपर्छ होला नि त । एउटा मान्छलेले अदालतसम्म पुग्नको लागि ८४ दिनसम्म हिरासत बस्नुपर्ने ? अरु खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउनुपर्ने ? यो कस्तो व्यवस्था हो ? यो पक्षपात र दुरुपयोग हो कि होईन त ?’

लिङ्देनले सरकारले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएको पनि बताए । उनले प्रधानमन्त्रीसहित सबै नेताहरुको पनि सम्पत्ति छानबिन र शुद्धीकरण हुनुपर्ने माग गरे ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?