Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न : सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ?


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? तपाईंको पार्टीको मान्छेले ? मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन, बदमासी गर्नुभएको छैन भनेर वकालत गर्दिनँ । त्यो न्याय निरुपणको विषय छ । कानून त बराबर लाग्नुपर्छ होला नि त । एउटा मान्छलेले अदालतसम्म पुग्नको लागि ८४ दिनसम्म हिरासत बस्नुपर्ने ? अरु खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउनुपर्ने ? यो कस्तो व्यवस्था हो ? यो पक्षपात र दुरुपयोग हो कि होईन त ?’

लिङ्देनले सरकारले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएको पनि बताए । उनले प्रधानमन्त्रीसहित सबै नेताहरुको पनि सम्पत्ति छानबिन र शुद्धीकरण हुनुपर्ने माग गरे ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?