Trending
>>   शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प >>   विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छ: सभामुख घिमिरे >>   एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छ-उपराष्ट्रपति >>   सोनाम ल्होसार पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति >>   आज सोनाम ल्होसार, देशैभर सार्वजनिक बिदा >>   आज मिति २०८१ साल माघ १७ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी >>   उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं– इन्दु बर्मा >>   सरकारले न्यायाधीशहरुको नियुक्ति समावेशी आधारमा गर्छः कानूनमन्त्री चौरसिया >>   पूर्वराष्ट्रपति भण्डारी दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित होइन : प्रदीप ज्ञवाली
Logo
१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढेको छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको बताएका छन् ।

मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको बताएका छन् । उनले नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य रहेको बताउदै लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको बताए ।

उनले भने, ‘वास्तवमा भन्ने हो भने राष्ट्रिय राजनीति एउटा ट्रयाकमा गएको छ । राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक सिस्टममा, शान्तिपूर्ण राजनीतिको मुलधारमा, संवैधानिक राजनीतिको मुलधारमा, लोकतान्त्रिक प्रणालीको मुल धारमा अगाडि बढेको छ । यसअर्थ हामी यिनै दृष्टिकोणअनुसार सफलतापूर्वक अगाडि बढेका छाँै । अनौठा घटनाहरु राष्ट्रिय राजनीतिमा कहिले कहिले आइपर्दछन् । तर हामी के कुरामा स्पष्ट हुँदा हुन्छ भने कसैले श्रीलंकाका, कसैले बंगलादेशका कुरा गर्दछन् । सबै ठाउँमा एउटै कुरा हुन्छ भन्ने हुँदैन । नेपालमा लोकतान्त्रिक अभ्यास, संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ । संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रणाली स्वीकार छ । लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि, अराजकताका कुनै प्रकारका बाटाबाट परिवर्तनको अपेक्षा सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको बताए । उनले ०८४ को मंसिरमा निर्वाचनको परिणाम आएपछि सरकार परिवर्तन हुने बताएका छन्।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?