Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला


काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताए। उनले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताए। संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको बताए ।

उनले भने, ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूचि त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पु¥याउने सन्दर्भमा भन्नेकुरा उठाउनु भयो । संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?