Trending
>>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द


काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताएका छन् । नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताउदै उनले देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बताए ।

उनले नेपाली जनताको पैसा, दया, माया नभइ विश्वास भए मात्रे पुग्ने र एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता गरे । कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताउदै उनले नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने बताए।

महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताए ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?