Trending
>>   देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः सिके राउत >>   आज पनि रवि लामिछाने निकिताकै जिम्मामा ! >>   दिनेश त्रिपाठीले आचरणविपरीत काम गरेः न्यायाधीश समाज >>   जाला कांग्रेस सांसद गुरुङको सांसद पद? निलम्बन फुकुवाको फैसला पुनरावलोकनकाे बाटाेमा ! >>   देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती ! >>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी? >>   काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा ! >>   महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै >>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी?


रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा छ । निष्पक्ष बनाउँन नेपालका अदालतमा चिठ्ठा टिपाएर न्यायाधीशलाई मुद्दा दिइन्छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो । लामिछानेको तर्फबाट बहस गर्न कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवामा आइसकेको र रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनीलगायतले बहस गर्ने रास्वपा नेता गणेश पौडेलले जानकारी दिए ।

उनका अनुसार बुधबार सरकारी बयान लिने र सरकारी वकिलले नै बहस गर्ने भएकाले धेरै कानून व्यवसायी नजुटाइएको हो । त्यसपछि रविको तर्फबाट, सहकारी पीडितको तर्फबाट बहस हुनेछ । बहस सुनिसकेपछि न्यायाधीश योगीले नै थुनछेक आदेश दिनेछन् । न्यायाधीश योगीपनि न्याय क्षेत्रमा सहसचिवसम्म भएर न्यायाधीश भएका व्यक्ति हुन् । उनले २०७४ सालमा निजामति सेवा सेवा पुरस्कार समेत पाएका थिए । पुसको १६ गते मात्र न्यायाधीश योगीको दरबन्दी यहाँ कायम गरिएको हो । १० जना न्यायाधीशको दरबन्दी रहेको रुपन्देहीमा उनी पाँचौ नम्बरमा छन् ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?