Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती !


काठमाडाैं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाज, नेपालले खेद प्रकट गरेको छ। बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत उनले अभिव्यक्ति दिएको न्यायाधीश समाजको टिप्पणी छ।

समाजले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी न्यायाधीशउपर उनले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको हो। समाजका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज, नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ।’

सहकारी ठगीको मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईले धरौटीमा छाड्ने आदेश दिएकोमा वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायाधीश राईको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर न्यायाधीश समाजले विज्ञप्ति निकालेको हो।

पछि काठमाडौं जिल्ला अदालतबाहिर त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो। न्यायाधीश समाजले बहस गरेकै आधारमा त्रिपाठीमाथि भौतिक आक्रमण गर्नेलाई पनि कानुनी कारबाहीको माग गरेको छ। त्रिपाठीमाथि हातपात गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?