Trending
>>   इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो >>   चार संसदीय समितिको बैठक बस्दै >>   तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै >>   गोरखामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु >>   रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने >>   कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण


बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।

पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उनले सुनाए ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?