Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

संविधानको व्यवस्था बमोजिम आएको अध्यादेश अलोकतान्त्रिक कसरी हुन्छ : गोकुल बास्कोटा


काठमाडौँ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गरेका छन् ।

मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गरेका छन् । उनले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताउंदै उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गरेका छन्।

उनले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बतादै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताए ।

उनले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताउदै विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको बताएका छन् ।

उनले भने,‘ बजेट पास भएको कति हो ? नीति कार्यक्रम बजेट पास भएको कति भयो । ठेक्का कति र कहिले लाग्यो । हामी कसैलाई पनि थाहा छैन । सांसद बोलाइएको छ ।अहिलेसम्म ठेक्का लाग्दैन भने ठेक्का कहिले लाग्छ ? चैतमा सम्झौता हुनेगरी लाग्छ ? वैशाख पुग्छ । जेठमा काम सकिन्छ । असारमा बिल भुक्तानी हुन्छ । त्यसपछि समस्या पैदा हुन्छ । राज्यको लगानी पनि त्यसैरी गइरहेको छ । केही कमी कमजोरी भएका छन् । त्यसलाई सच्याउनको लागि समितिले केही भनेको छैन । अध्यादेशको बारेमा कुरा उठ्यो । अध्यादेश आउनु लोकतन्त्र हो की होइन भन्नेकुरा अनौठो लाग्छ । अध्यादेश ल्याउने व्यवस्था संविधानमा नै छ । कसरी अलोकतान्त्रिक हुन्छ । पहिला संविधानको त्यो बुदा झिकेर फालिदिनुप¥यो । कुनैपनि सरकारले अध्यादेश ल्याउन पाउँदैन । अध्यादेशको परीक्षण कहाँ हुने हो । दुई महिनाभित्र हुनुपर्छ । सांसदमा नै हुनुपर्छ । त्यसको कन्टेनमा हामी जाँदैनौं । कन्टेनमा जाऔं । कति ठिक कति बेठिक हो । निजी क्षेत्रले स्वागत गरेको छ । लोकतन्त्रमा सरकारको निगरानी संसदले नै गर्छ । ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । विपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेस झर्ने कति जना हुनुहुन्छ ।’

सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताए । उनले बजेट खर्चबारे प्रश्न गरे । उनले बजेट पास भयो, ठेक्का कति लागे ? अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गरे । सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?