Trending
>>   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक >>   वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ >>   महाकुम्भमा आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी >>   स्ववियु निर्वाचन चैत ५ गते हुने >>   रवि लगायत सातै जनालाई थुनामै राख्नु पर्ने भन्दै उच्च अदालतमा निवेदन >>   राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल >>   पदक जित्ने लक्ष्यअनुरूप गएका थियौं– विश्व उपविजेता नेपाली खो खो टोलीका कप्तान हेमराज >>   २०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री भट्टराई >>   माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय >>   भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै होः प्रधानमन्त्री
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

रवि लगायत सातै जनालाई थुनामै राख्नु पर्ने भन्दै उच्च अदालतमा निवेदन


पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट भएको आदेश विरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा रास्वपा सभापति रवि लामिछानेसहित सातै जना लाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै निवेदन दर्ता गरेको छ।

सरकारी वकिलको कार्यालयमार्फत उच्च सरकारी वकिलको कार्यालयले रवि लगायत सात जनालाई थुनामै राखेर अनुसन्धान गर्न निवेदन दिएको हो । सातै जनाले धरौटी बुझाएर रिहा भैसकेका छन् । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

यस्तै, पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख, लीला पछाइलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्व सांसद मिना गुरुङलाई ५ लाख, मिनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?