Trending
>>   सुडानको ओमदुरमन शहरमा पिउने पानीको संकट >>   फ्रान्सेली राष्ट्रपतिद्वारा लेबनानी सेनालाई सहयोग गर्ने प्रतिवद्धता >>   कस्ता मानिसहरुमा हृदयघात बढी भएको छ : डा. आदित्य महासेठ >>   युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन >>   बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी >>   कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा >>   नेपाल खो खो विश्वकपको उपविजेता >>   बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री >>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

नेपाल खो खो विश्वकपको उपविजेता


काठमाडौँ। खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ ।

भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाए । राखेप सदस्यसचिव घिसिङले  खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरेका छन् । हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ । आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग  ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो । फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन ।

नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?