Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

रविलाई हराएर देखाउने दाबी गर्दै ओलीसँग पुण्य गाैतमले मागे चितवन २ का लागि उम्मेदवारको टिकट


१७ चैत, काठमाडाैँ । सामाजिक सञ्जालबाट चिनिएका पुण्य गाैतमले चितवन २ बाट उपचुनाव लड्न टिकट माग गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर टिकट दिन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा फोटो राख्दै ओलीसँग भेटेको र चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रको उपनिर्वाचनबारे सार्थक र प्रभावकारी कुरा भएको बताएका छन् ।

उनले ओलीसँग टिकट माग्दै चितवन २ मा रवि लामिछानेलाई हराएर देखाउने दाबी समेत गरेका बताइएको छ ।

नागरिकता सम्बन्धि मुद्दामा दोषी ठहरीएपछि उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको सांसद पद खारेज भएको थियो । आगामी वैशाख १० मा उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उक्त क्षेत्रमा रवि लामिछाने नै उम्मेदवार उठ्ने भएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?