Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

रविलाई हराएर देखाउने दाबी गर्दै ओलीसँग पुण्य गाैतमले मागे चितवन २ का लागि उम्मेदवारको टिकट


१७ चैत, काठमाडाैँ । सामाजिक सञ्जालबाट चिनिएका पुण्य गाैतमले चितवन २ बाट उपचुनाव लड्न टिकट माग गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर टिकट दिन आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा फोटो राख्दै ओलीसँग भेटेको र चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रको उपनिर्वाचनबारे सार्थक र प्रभावकारी कुरा भएको बताएका छन् ।

उनले ओलीसँग टिकट माग्दै चितवन २ मा रवि लामिछानेलाई हराएर देखाउने दाबी समेत गरेका बताइएको छ ।

नागरिकता सम्बन्धि मुद्दामा दोषी ठहरीएपछि उक्त क्षेत्रबाट निर्वाचित लामिछानेको सांसद पद खारेज भएको थियो । आगामी वैशाख १० मा उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उक्त क्षेत्रमा रवि लामिछाने नै उम्मेदवार उठ्ने भएका छन् ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?