Trending
>>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार >>   स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह >>   अमेरिकामा टिकटक पुनः सञ्चालनमा >>   मौसम : तराई तथा उपत्यकामा हुस्सु / कुहिरोको सम्भावना >>   सरकारले अर्थतन्त्र डुब्न दिँदैनः अर्थमन्त्री पौडेल >>   आज मिति २०८१ साल माघ ०७ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर >>   टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु >>   ‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

सरकारले अर्थतन्त्र डुब्न दिँदैनः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आईतवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय कतिपय मानिसहरुले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताउदै उनले अर्थतनको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरुले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैंकलाई डुब्न नदिने प्रतिवद्धता जनाएका छन् ।

उनले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरुले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताउदै अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि कोही पनि लाग्न नहुने बताए । उनले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवद्र्धन नगर्न आग्रह गरेका छन् । उनले बैंकहरुमा तरलता थु्रपिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताउदै सरकारले बैंकमा संकलन भएको निक्षेप उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको र पूर्वाधार निर्माणमा समय,लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउदै उनले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको र कुनैपनि निर्माण व्यवसायीले विधि पुर्याएर दाबी गरेको भुक्तानी नरोकिएको बताएका छन् ।

उनले भने,‘ ‘अर्थमन्त्रालयले तथ्यांकमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौं, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरुलाई सकारात्मक बनाउने प्रयास गरेका छौं, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौं । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौं । बैंकहरुको तरलता र ल्याण्डिङको विषय छ । विगतको तुलनामा ल्याण्डिङ बढ्दै गएको छ । सरकारले बैंकमा संकलन भएको निक्षेप कर्जा हुन सकोस् भन्नेमा छ । उक्त लगानी उत्पादन,उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास हो । क्रमस सुधार हुँदै पनि आएको छ । बैंकको लगानीमा सुधार भएको छ । अहिले बैंक डुब्यो आदि इत्यादि नकारात्मक कुरा आएका छन् । बैंक र अर्थतन्त्र डुब्यो भन्ने विषयमा हामी प्रभावित हुनुहुँदैन । अहिले बैंक र अर्थतन्त्र दुवै डुबेका छैनन् । सरकारले अर्थतन्त्र पनि डुब्न दिँदैन बैंक पनि डुब्न दिँदैन अर्थतन्त्र क्रमशः सुध्रिँदै आएको छ क्रमशः यसले अर्थतन्त्र डुब्यो भनेर यस्ता खालका हावादारी टिप्पणीहरु केही अर्थ छैन भन्ने मलाई लाग्छ राख्न चाहन्छु बैंकहरु पनि डुबेका छैन । केही संस्थाहरुमा समस्या हुन सक्छन् । समस्या भए ठाउँमा समाधान खोज्नुपर्छ । बैंक र अर्थतन्त्र दुबै डुबे भन्ने कुरा गलत हुन । पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी छ। हामीले खासगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने दुई तिनटा विषयहरु छन् । एउटा के छ भन्दाखेरि दोस्रो के छ भनेदखि समय र लागतको विषयमा ध्यान दिँदै अर्को गुणस्तर सुनिश्चित हुन आवश्यक छ । सरकार बन्दै गर्दा ठूलो साइजको भुक्तानी दायित्व थियो । भुक्तानी गर्नसक्ने सबै विकल्पहरुमा छलफल गरेर राज्य तिर्नुपर्छ । सरकारले पछिल्लो ६ महिनामा राज्यले गर्नु आम रुपमा आधारभुत रुपमा भुक्तानीको काम सकिएको छ र आज कसैले कुनैपनि निर्माण व्यवसायीले कुनैपनि निर्माण व्यवसायीले विधि पु¥याएर दाबी गरेको भुक्तानी रोकिएको छैन । निर्माण व्यवसायीहरुले भुक्तानीको लागि आन्दोलन गर्नुप¥यो भन्नेकुरा सत्य होइन ।’

उनले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले अर्थ मन्त्रालको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गरे । उनले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताउदै अर्थमन्त्री पौडेलले सरकारले ल्याएका अध्यादेश मुलुकको समृद्धि र व्यवसायीक वातावरण निर्माणको लागि भएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?