Trending
>>   मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू >>   स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः थपलिया >>   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव >>   न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड >>   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति >>   प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान >>   अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो >>   ‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’ >>   ‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’ >>   खानपान र थकान हृदयघातको मुख्य कारणः डा. शिवजीविक्रम सिलवाल
Logo
५ माघ २०८१, शनिबार
५ माघ २०८१, शनिबार

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू


काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो ।

यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडद्वारा आह्वान गरिएको बोलपत्रमा ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ । परियोजनाले विशेषतः सहरी र अर्ध–सहरी क्षेत्रमा खानेपानीको आपूर्ति सुधार गर्ने उद्देश्य राखेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, “लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीलाई समयमै बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।”


प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?