Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’


काठमाडौँ। घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

वागमती प्रदेशको राजधानी हेटौंडामा बिहीवार र शुक्रवार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले घरजग्गा व्यवसायलाई उत्पादनमुलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवद्र्धन गर्न नसके वागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताए । उनले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताएका छन् ।

उनले भने, ‘निजी क्षेत्रलाई हेटौंडामा समेट्न नसके हाम्रो प्रदेशको राजधानी नामको मात्रै राजधानी रहनेछ । स्थानीय सरकारले जनतालाई सेवा दिने भएकाले स्थानीय सरकारले दुःख दिने सवाल नै हुँदैन । के सहयोग गर्नुपर्छ हामी गर्नेछौँ ।’

कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरु हेटौँडा पुगेको बताउदु उनले ले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे । उनले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले भने, ‘अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गरौँ भन्ने अवधारणाका साथ हामी आएका छौँ । धेरै साथीहरु, स्थानीय तह, प्रदेश सरकार सबैले हामीलाई तपाईंहरुको भिजनलाई स्वीकार गर्छौं, सहयोग गर्छौं भन्ने आश्वासन दिनुभएको छ । भोलिका दिनमा हाम्रा कुराहरु मिल्यो भने हामीले बजार क्षेत्रमा अपार्टमेण्ट र बजार भन्दा दुई÷चार किलोमिटर वरपर हाउजिङ र त्यस भन्दा १०÷१२ किलोमिटर पर ल्याण्डपुलिङ गरेर राम्रा र व्यवस्थित शहर बनाउने अवधारणाका साथ आएका छौँ । हामीलाई कसैले के भन्छ, कसैले के भन्छ होइन । अब हामीले काम गरेर देखाउने हो । काम गरेपछि कसैले केही भन्दैन । राम्रा काम गर्नुपर्छ, सबैले राम्रो भन्छ ।’

हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।


प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?