Trending
>>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने >>   भूमि सम्बन्धी अध्यादेश आउँछः प्रधानमन्त्री ओली >>   अब विहे गर्ने उमेरहद १८ वर्ष ! >>   एक सातामा झण्डै चार हजार पराकम्प ! >>   आशिका तामाङलाई लगाँइदैछ यस्ताे मुद्दा ! >>   मन्त्री फेर्दैछ कांग्रेस? >>   थुनछेक बहस जारीः आज छुट्दै रवि लामिछाने ! >>   रविपछि सरकारकाे ताराेः आशिका तामाङ पक्राउ !
Logo
२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने


काठमाडौँ। समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिएका छन् । उनले समाजवादी मोर्चाको कार्यक्रमहरु केही ढिला भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए ।

उनले भने, ‘आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ । यो बीचमा शुरुमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो । कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरुमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो । त्यसको सशक्त रुपमा आओस् भन्ने थियो । यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेकौँ छौँ । आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिवद्धता छ । आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने ।’

उनले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु मुख्य नेताहरुलाई बुझाउने निर्णय भएको बताएका छन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?