Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२७ फाल्गुन २०८२, बुधबार
२७ फाल्गुन २०८२, बुधबार

सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताएका छन् । उनले संसदको बैठकलाई छलेर र विधेयकहरु समितिमा विचाराधिन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताउदै अध्यादेश ल्याउनका लागि समितिमा विचाराधिन विधेयक पहिला फिर्ता गर्नुपर्ने बताएका छन् । अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए ।
उनले भने , ‘मैले सत्ताको बारेमा केही भनेको छैन । सत्ताको दुरुपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ । संसदको बैठकलाई छलेर त्यसमा पनि विधेयकहरु समितिमा विचाराधिन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरितको काम हो । यस्तो कामहरुको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ । यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ । विधि प्रक्रियाको उल्लंघन हुनु भएन । विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ । बल्ल अध्यादेशको रुपमा आउनसक्छ । विधेयक समितिमा विचाराधिन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन । अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुन्छ । छलफलपछि राम्रो हुन्छ । सरकारले राम्रो काम गरोस् भन्ने शुभेक्षा छ ।’

अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरुको शुभेक्षा रहेको बताएका छन्  ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?