Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

एक सातामा झण्डै चार हजार पराकम्प !


काठमाडौँ।  चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए ।

४.९ म्याग्निच्युडको एउटा र ५.० म्याग्निच्युडको अर्को दुई शक्तिशाली परकम्पहरू सोमवार राति आएका थिए । जसले काउन्टीमा केही घरहरू भत्काएको बताइएको छ । जनवरी ७ मा विश्वको सर्वोच्च शिखर माउण्ट कोमोलाङ्माको उत्तरी आधार शिविरको घर डिङ्ग्रीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १२६ जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?