Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने


काठमाडौँ। समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिएका छन् । उनले समाजवादी मोर्चाको कार्यक्रमहरु केही ढिला भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए ।

उनले भने, ‘आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ । यो बीचमा शुरुमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो । कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरुमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो । त्यसको सशक्त रुपमा आओस् भन्ने थियो । यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेकौँ छौँ । आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिवद्धता छ । आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने ।’

उनले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजनाहरु मुख्य नेताहरुलाई बुझाउने निर्णय भएको बताएका छन् ।


प्रकाशित मिति: २ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?