Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आजको मौसम : केही स्थानमा आंशिक बदली


देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया रहने बताइएको छ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लागिरहेको अवस्था छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?