Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक


काठमाडौँ। नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ । सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए । यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे । यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ । प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?