Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

दक्षिण एसियाली स्ट्रिट डिफेन्समा विजय र नितेश स्वर्णनजिक


काठमाडौँ। नेपालका विजय थापा र नितेश कठायतले प्रथम दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगितामा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु शनिवारदेखि सुरु भएको प्रतियोगितामा विजय र नितेशले पुरुष ५० केजीमुनि तौलसमूहको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका हुन् । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ हरेक तौलसमूहमा नेपालका तीन खेलाडीको चुनौती रहेको छ । सेमिफाइनलमा विजयले सञ्जय दनुवार र नितेशले केशव पुजारालाई हराए । यस प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

टोखा नगरपालिका यस प्रतियोगिताको मुख्य प्रायोजक पनि हो । पुरुष ६० केजीमुनि अल्ताब दनुवार र नरेन्द्र दनुवारले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अल्ताबले अर्जुन परियारलाई र नरेन्द्र दनुवारले अमित थापालाई हराए । पुरुष ६५ केजीमुनि विश्व तामाङले सन्जित तामाङ तथा सन्जित माझीले सुशान्त माझीलाई हराउँदै फाइनल यात्रा तय गरे । यस प्रतियोगितामा पुरुषमा पाँच र महिलामा दुई गरी सात स्पर्धामा कुल ७० खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रत्येक तौलसमूहमा नगद पुरस्कार राखिएको आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले जानकारी दिए । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको उनको भनाइ छ । प्रशिक्षकद्वय स्पेनका जेक्विन मार्सेलो र पोल्यान्डका माइकल जाप्लाका साथै दक्षिण एसियाली राष्ट्रका निर्णायकले प्रतियोगिता खेलाएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?