Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे


झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख घिमिरेले विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्या हल हुने विश्वास व्यक्त गरेका छन् ।

“राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन आइसके पनि शिक्षामा पुरानै ऐनबाट काम चलाउनु परेको छ” उनले भने , “संसद्को यही हिउँदेसत्रमा नयाँ शिक्षासम्बन्धी ऐन पारित गर्न हामी सबैको कोशिस हुनेछ ।” शिक्षा नीतिमा एक्काइसौं शताब्दी र विद्यमान परिस्थितिलाई सुहाउने किसिमको सुधारको खाँचो रहेको उल्लेख गर्दै सभामुख घिमिरेले समाजलाई अग्रगतिमा लैजाने माध्यम नै शिक्षा भएको बताए ।

शिक्षामा राज्यले अपेक्षाअनुसार लगानी गर्न नसकेको र विद्यार्थीले चाहेअनुसार पढ्न नपाइरहेको जिकिर गर्दै उनले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध गराउन र विद्यालयको भौतिक पूर्वाधारमा पर्याप्त बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?