Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हिउँदेसत्रमै शिक्षा ऐन पारित हुन्छ : सभामुख घिमिरे


झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को हिउँदेसत्रमा विद्यालय शिक्षा विधेयक पारित गरिने बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका –३ स्थित जनता माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव कार्यक्रममा सभामुख घिमिरेले विद्यालय विधेयक पारित भएपछि शिक्षा क्षेत्रका समस्या हल हुने विश्वास व्यक्त गरेका छन् ।

“राजनीतिक व्यवस्थामा ठुलो परिवर्तन आइसके पनि शिक्षामा पुरानै ऐनबाट काम चलाउनु परेको छ” उनले भने , “संसद्को यही हिउँदेसत्रमा नयाँ शिक्षासम्बन्धी ऐन पारित गर्न हामी सबैको कोशिस हुनेछ ।” शिक्षा नीतिमा एक्काइसौं शताब्दी र विद्यमान परिस्थितिलाई सुहाउने किसिमको सुधारको खाँचो रहेको उल्लेख गर्दै सभामुख घिमिरेले समाजलाई अग्रगतिमा लैजाने माध्यम नै शिक्षा भएको बताए ।

शिक्षामा राज्यले अपेक्षाअनुसार लगानी गर्न नसकेको र विद्यार्थीले चाहेअनुसार पढ्न नपाइरहेको जिकिर गर्दै उनले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध गराउन र विद्यालयको भौतिक पूर्वाधारमा पर्याप्त बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?