Trending
>>   रवि लामिछानेले बुझाए ६५ लाखको बैंक ग्यारेन्टी >>   रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश >>   सद्गमय रियालिटी सोको दोस्रो सिजन माघमा प्रशारण हुने >>   प्रचण्ड र माधव नेपालबिच भेटवार्ता >>   बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल >>   चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि >>   नागरिकका गुनासा सुन्न स्वास्थ्य मन्त्रीले स्थापना गरेको हेल्लो हेल्थद्वारा १३० गुनासो सम्बोधन >>   नेप्से परिसूचक १८ अङ्कले घट्यो >>   कोशी प्रदेशकै लामो झोलुङ्गे पुल उद्घाटन >>   पहिलोपल्ट नेपालमा दक्षिण एशियाली स्ट्रिट डिफेन्स प्रतियोगिता हुँदै
Logo
२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द


कञ्चनपुर । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।

उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?