Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला


काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

बुधवार झापाको कचनकवलमा आयोजित नेपाली काँग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताउदै उनले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताए । संविधान जारी भएपछि आजसम्मको राज्य सञ्चालनका बारेमा पनि समीक्षा जरुरी रहेको बताउदै उनले देशकै ठूलो राजनीतिक दल भएर पनि दोस्रो ठूलो दलका नेतालाई काँग्रेसले प्रधानमन्त्री मानेर अघि बढिरहेको बताए । सरकार एमालेको नेतृत्वमा भएपनि सैद्धान्तिक र नीतिगत रुपमा देशलाई अघि बढाउने सन्दर्भमा नेपाली काँग्रेस पार्टीको नीतिगत नेतृत्व रहेको बताए ।

नेता सिटौलाले अहिलेसम्म संघीय शिक्षा ऐन बन्न नसक्नु दुःखको विषय भएको बताउदै सबै जाति बलियो भएमात्रै देश बलियो हुने बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?