Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

शित लहरबाट जनता जोगाउन राहत स्वरुप दाउरा


बुटवल । नागरिकहरुलाई शित लहरको प्रभावबाट बचाउन बुटवल उपमहानगरपालिकाले दाउरा वितरण अभियान शुरु गरेको छ ।

अत्याधिक चिसो बढेसँगै बुधवार बुटवल उपमहानगरपालिका वडा नम्बर १ ले चोकचोकमा दाउरा वितरण गर्न शुरु गरेको हो । आर्थिक रुपमा विपन्न जनतालाई चिसोबाट बचाउन राहत स्वरुप दाउरा वितरण गरिएको बुटवल उपमहानगरपालिका, वडा नम्बर एकका अध्यक्ष नरेन्द्र बस्नेतले बताए । उनले यसबाट विपन्न नागरिकलाई राहत मिल्ने विश्वास लिएको बताउदै दाउरा बिहीवार पनि बाँड्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

केही दिन यता तराईका विभिन्न जिल्लामा अत्याधिक चिसो बढेको छ । बुटवल लगायतका स्थानमा शित लहरले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?