Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन


नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आर्थिक वर्ष २०७९÷०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी काम भएपनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिलाइ भएकोमा अहिले योजना कार्यन्वयन प्रक्रियाको काम धमाधम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । अबको सुरुवातमै सक्रिय भएमा अबको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको योजना तथा बजेट शाखा प्रमुख तेजेन्द्र रोकायाले बताउनुभयो।नेपालगञ्ज बसपार्कदेखि सूर्यगाउँसम्मको १३ सय मिटर सडक, मनिकापुर सडक, काञ्जीहाउस निर्माण, बागेश्वरी मन्दिर पूल निर्माणलगायतका पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि डिपीआर निर्माण र सम्झौताको काम भइरहेको रोकायाले बताउनुभयो ।

केन्द्रीय सरकारको योजना अन्तर्गत अहिले नेपालगञ्जमा जमुनाहदेखि राँझासम्मको चारलेन सडक स्तरोन्नती कार्य भइरहेको छ । जमुनाहदेखि कोहलपुरसम्मको चारलेन सडक निर्माण भएयता यो वर्ष राँझासम्मको सडक स्तरोन्नती कार्य भइरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख निरज शाक्यले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?